सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुन गृह मन्त्रालय दिन माग गरिरहेका छन् । तर प्रचण्डले रविलाई गृह मन्त्रालय दिन चाहेका छैनन् । यही कारण सत्ता गठबन्धनभित्र विवाद बढेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूलाई नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्