काठमाडौं, १८ माघ । बुधबार सुनकाे भाउ बढेकाे छ ।
आज ताेलाम ५ सय रूपैयाले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजाे छापावाल सुन प्रतिताेला १ लाख ५ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले मात्रै बढेर आज प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।










