काठमाडौं, १७ माघ ।नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक मंगलबार पनि बस्दैछ । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आउदो बुधबार बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाडामा आज बसेको पदाधिकारी बैठकमा राजनीतिक अवस्थाका साथै पार्टी सुदृढिकरण, कार्यबिभाजन लगाएतका बिषयमा गृहकार्य भएको र हिजाेकाे बैठक नटुङ्गिएकाले अब आउदो बुधबार मात्रै स्थायी कमिटी बस्ने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो । यसअघि माओवादी स्थायी कमिटी मंगलबार बस्ने तय भएको थियो ।










