पाँच फुटबलर नयाँ बस्ती युवा क्लबमा अनुबन्धित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ माघ । नयाँ बस्ती युवा क्लबले पाँच जना खेलाडीलाई अनुबन्ध गरेको छ ।

नयाँ सिजनको बी डिभिजन लिग नजिकिदै गर्दा नयाँ बस्तीले पाँच खेलाडीलाई अनुबन्ध गरिएको सोमबार सामाजिक संजालमार्फत जानकारी गराएको हो ।

नयाँ बस्तीमा अनुबन्ध भएका पाँच खेलाडीहरुमा अमिर केसी, बालकृष्ण केसी, रुबिन बोगटी, खेमराज तामाङ र अशिम घोरासैनी रहेका छन्।

यससँगै यी पाँच खेलाडीले नयाँ सिजनको बी डिभिजन लिग नयाँ बस्तीबाट खेल्ने भएका हुन् । नयाँ सिजनको बी डिभिजन लिग आगामी चैत १५ गतेबाट शुरु हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्