भारतको राजस्थान सेनाको दुई वटा लडाकु विमान दुर्घटना

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १४ गते । भारतको राजस्थानस्थित भरतपुरमा सेनाको दुई वटा लडाकु विमान आज दुर्घटना भएको छ । त्यहाँस्थित उच्चैन थाना इलाकाको पिंगोरा रेल्वे स्टेशन नजिक शनिबार विहान साढे १० बजे विमान दुर्घटना भएको हो ।

भारतीय सेनाको सो विमान आज विहान उत्तर प्रदेशको आगरा बायुसेना स्टेशनबाट उडान भरेको बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनालगत्तै त्यहाँ भारतीय प्रहरी र स्थानीय पुगे पनि विमान दुर्घटनापछि पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।

वस्तीनजिक जंगल क्षेत्रमा विमान दुर्घटना भए पनि त्यहाँ केहीबेर नागरिकको भागदौड मचेको थियो । विमानका क्षतिग्रस्त टुक्रा यत्रतत्र फैलिएको छ । सेनाको विमानमा के कति मानिस सवार थिए भन्ने एकीन भएको छैन । यद्यपि केही भारतीय सञ्चार माध्यमले एक विमानका चालकको मृत्यु भएको  र अर्को विमानका चालक सुरक्षित रहेको दावी गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्