आमजनताले महसुस र देख्नेगरी परिणाम यथाशिघ्र ल्याउन मन्त्री किरातीकाे निगमलाई निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् ।

निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले आमजनताले महसुस र देख्नेगरी परिणाम यथाशिघ्र ल्याउनेगरी काम गर्न निर्देशन दिए ।

साथै एक महिनाभित्र  इटिकेटिङ प्रणाली लागू गर्न, त्रिभुवन विमानस्थलमा हुने चोरी रोक्न र ग्राउण्ड हेन्डेलिङ गुणस्तर वृद्धि गर्न मन्त्री किरातीले निर्देशन दिए । साथै समयमै जहाज उडाउने कार्य गर्न पनि उनले निर्देशन दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्