प्रतिनिधि सभामुखमा इन्दिरा रानामगर (तस्बिरहरु)

न्युज कारखना
  • ख-
  • ख+

काठमाडाैं, ७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएकी छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उपसभामुखमा रानामगर निर्वाचित भएको घोषणा गरेका छन् । रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षमा १६६ मत परेको थियो भने उनको विपक्षमा ९७ मत प्राप्त भएको थियो। एक सांसद तटस्थ बसेको बैठकमा १६४ जना सहभागी थिए ।

पहिलो प्रस्तावबाट रानामगर बहुमतले उपसभामुख निर्वाचित भएकाले कांग्रेस उम्मेदवार मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतविभाजन नै भएन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्