गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव छ : प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव भएको बताउनुभएकाे छ ।

सोमबार निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकासको लागि गैरआवासीय नेपालीको भूमिका प्रशंशायोग्य रहेको बताएका हुन् । उनले एनआरएनए देश विकासको सहयात्री भएको समेत उल्लेख गर्नुभयाे ।

देशको अर्थतन्त्र जोगाउन विदेशमा बस्ने नेपालीहरूले पुर्‍याएको योगदानको चर्चा गर्दै उनले वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

गैरआवासीय नेपालीले उठाएको माग र मुद्दामा आफू पहिलेदेखि नै जानकार रहेको उहाले बताउनुभयाे । गैरआवासीय नेपालीका मागका विषयमा आफूले सदनदेखि राज्यका सबै निकायमा सकारात्मक भूमिका निर्वाह गरेको उहाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्