पोखरा बिमान दुर्घटनामा ६२ जनाको निधन भएको पुष्टी, ५ को सनाखत

खबर बुक
  • ख-
  • ख+

पोखरा, १ माघ । यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ।

कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ । उनका अनुसार दुर्घटनास्थलवाट निकालिएका शवलाई अस्पतालमा राखिएको छ । अन्यको खोजी जारी रहेको उनले जानकारी दिएका छन ।

दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार  निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ ।

आइतबार बिहान साढे १० बजे यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेको थियो।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्