काठमाडौं, १ माघ । सुनको भाउ आज तोलामा एघार सय रुपैयाँले बढेको छ ।
शुक्रवार तोलाको १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतवार तोलामा ११ सय रुपैयाँले बढेर १ लाख ५ हजार रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदी तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भएकाे थियो ।











