बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठकले उम्मेदवारी दिने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २७ पुस । बागमती प्रदेशसभाको सभामुख पदमा राप्रपाका भुवन पाठकले उम्मेदवारी दिने भएका छन् । सत्तारुढ गठबन्धनबाट उनले सभामुख पदमा उम्मेदवारी दिने भएका हुन् ।

बागमती प्रदेशमा शक्ति बाँडफाँट गर्दा राप्रपाको भागमा सभामुख परेकाले पाठकले उम्मेदवारी दिने भएका हुन् । राप्रपाले पनि सभामुखमा पाठकको नाम टुंगो लगाएको हो ।

बागमती प्रदेशसभामा सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदै छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्