प्रतिनिधिसभा बैठकमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सांसदहरुलाई काँग्रेसको निर्देशन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, पुष २३ । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले पुष २५ र २६ गते बस्ने प्रतिनिधिसभाको बैठकको प्रक्रियाबारे सांसदलाई जानकारी गराउदै आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएको हो । बैठकपछि कांंग्रेस मुख्य सचेतक रमेश लेखकले सदनमा कांग्रेसका सांसदहरुले खेल्नुपर्ने भूमिका र तयारीका बारेमा जानकारी गराइएको बताउनुभयो । अहिलको निर्वाचनमा कांग्रेसलाई ठूलो दल बनाउने मतदाताप्रति बैठकले आभार व्यक्त गरेको छ भने निर्वाचन सफल पार्न भूमिका खेल्ने सवैप्रति पनि आभार व्यक्त गर्ने निर्णय गरेको लेखकले बताउनुभयो । उहाले विश्वासको मतका बिषयमा छलफल गर्न पुष २६ गते पुन संसदीय दलको बैठक बस्ने र आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो । लेखकले अहिलको गठबन्धन भत्काउने र नयाँ गठबन्धन बनाउने कांग्रेसको कुनै तयारी नरहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको बैठकमा प्रतिनिधिसभामा खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको बताउनुभयो । उहाले केन्द्रीय समितीको बैठकमा निर्वाचनको समिक्षा, राजनीतिक घटनाक्रमको समिक्षाका साथै सरकार गठनमा किन चुक्यो भन्ने बिषयमा छलफल गर्दै नयाँ मार्ग तय गर्ने धारणा राखनुभयो । बैठकले संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया आरम्भ गर्ने निर्णय पनि गरेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्