काठमाडौं, २० पुस । बुधबार सुनकाे भाउ प्रतितोला ३ सयले बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ९ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।हिजाे मंगलबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६ सयमा कारोबार भएको थियाे ।
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० ले घटेर प्रतितोला एक हजार चार सयमा आएको महासङ्घले जनाएको छ ।











