चर्च ब्वाइजको अपराजित यात्रा, मछिन्द्र ३–१ ले पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं  : चर्च ब्वाइज युनाइटेड पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको प्रतियोगितामा मछिन्द्रलाई ३–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले अपराजित यात्रा कायम राखेको हो ।

पहिलो हाफ २–० को अग्रता लिएको चर्च ब्याइजले दोश्रो हाफमा पुनः १ गोल थप्यो । ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले दोश्रो हाफमा १ गोल मात्रै फर्काउन सक्यो ।

२३ औं मिनेटमा आशिष चापागाईंले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा आशिषले नै दोश्रो गोल गरे । चर्चले ६७ औं मिनेटमा तेश्रो गोल ग¥यो । आशिषको पासलाई सदुपयोग गर्दै आशिष चौधरीले गोल गरे ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्