फोरजी सेवाको पहुँजमा सिँजा गाउँपालिका

खबर बुक
  • ख-
  • ख+

जुम्ला, १५ पुस।जुम्लाको सिँजा गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ ।

यहाँका उपभोक्तालाई प्रविधि र सूचनाको पहुँजमा ल्याउन धौलीढुस्कामा फोरजी सेवा जडान गरिएको हो । सिँजा गाउँपालिकामा पहिलो पटक फोरजी सेवा शुभारम्भ भएको सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

फोरजी सेवाले पालिकामा सञ्चालन हुने तालिम, गोष्ठी, अनलाइन फारम भर्न र विद्यार्थीलाई अनलाइन कक्षा लिन सजिलो हुने उनले बताए

फोरजी मोबाइल सेवा सञ्चालनमा आएपछि यहाँ गुणस्तरीय भ्वाइस तथा मोबाइल डाटामार्फत् इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्