प्रचण्ड निवासबाट बाहिरिए ओली

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनकै निवास खुमलटारमा भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।

पार्टी विभाजनपछि ओली पहिलो पटक प्रचण्ड निवास पुगेका हुन् । भेटका क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको ओलीले बताए । उनले भने, ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ । यो अझै जारी रहने छ । निचोडमा पुगिएको छैन ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्