सेनाको प्रवक्ताको जिम्मेवारी भण्डारीलाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ पुस ।  नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी कृष्णप्रसाद भण्डारीले पाएका छन् । भण्डारीले यसअघि पनि जनसम्पर्क तथा सूचना निर्देशनालयमा काम गरेका थिए । नवनियुक्त प्रवक्ता भण्डारीले  बुधबारदेखि जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

यसअघि सहायक रथी भण्डारी झापास्थित २१ नम्बर बाहिनीमा कार्यरत थिए ।  तत्कालीन प्रवक्तामा सहायक रथी नारायण सिलवाल मुख्यालयकै अर्को विभागमा सरुवा भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्