चितुवाको आक्रमणबाट बर्दियामा एक महिला घाइते

न्युज कारखना
  • ख-
  • ख+

बर्दिया, ११ पुस ।बर्दियाको गुलरिया नगरपालिका-४ स्थित कृष्णसार संरक्षण क्षेत्रसँग जोडिएको सामुदायिक वनमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

घाँस काट्न गएकी ५२ वर्षीया सरला आचार्य खत्रीलाई आइतबार अपराह्न चितुवाले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मत बहादुर बोहोराका अनुसार चितुवाको आक्रमणबाट उनको टाउको र गर्धनमा चोट लागेको छ ।

अहिले गुलरियास्थित जिल्ला अस्पतालमा उनको उपचार भइरहेको डीएसपी बोहोराले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्