पाकिस्तानमा सार्वजनिक जमघट र सभामा प्रतिबन्ध

खबर बुक
  • ख-
  • ख+

इस्लामाबाद, १० पुस । पाकिस्तानको राजधानी इस्लामावादमा आत्मघाती हमलापछि दुई हप्ताका लागि सबै सार्वजनिक जमघट र सभाहरूमा प्रतिबन्ध लगाइएको छ। शुक्रबार भएको आत्मघाती हमलामा एक प्रहरी अधिकारी र पाकिस्तानी तालिबानका दुई लडाकुको मृत्यु भएको थियो ।

हालैका सल्लाह र कानून प्रवर्तन निकायहरूले जारी गरेको खतरा सतर्कता र प्रहरीमाथि भएको  हमलाको सन्र्दभमा  राजधानी इस्लामाबादमा सबै प्रकारका सभा, भेला र मण्डलीहरू आयोजना गर्न दुई साताको लागि प्रतिबन्ध लगाइने इस्लामाबादस्थित डिप्टी कमिसनर  इरफान नवाज मेमनको कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

उक्त हमलापछि इस्लामावादको सुरक्षा सर्तकता बढाइएको छ । त्यस्तै डिसेम्बर ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि सार्वजनिक स्थलमा राजनीतिक सभा गर्न पनि रोक लगाइएको छ । यसैबीच, पाकिस्तानी तालिबान समेत भनिने तेहरिक–इ–तालिबान पाकिस्तान (टीटीपी)ले आत्मधाती हमलाको जिम्मा लिएको छ । प्रहरीले हमलाका संदिग्ध एक पुरुष र महिलाको खोजी गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्