काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले भोली बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
उमेरसम्बन्धी प्राविधिक कारणले आज शपथ लिन नसकेपछि उहाँलाई सङ्घीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ ।
यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनेछन् ।











