१० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

न्युज कारखाना 
  • ख-
  • ख+

धनगढी, ६ पुस । कञ्चनपुरमा १० वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । मंगलबार राति नाबालिक छोरी बलात्कार आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनले आफ्नै नाबालिका छोरीमाथि बलात्कार गरेको आरोपमा अनुसन्धान भइरहेको छ । घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए । हिजो राति नै बालिकाको स्वास्थ्य चेकजाँच गरिएको उनले बताए ।

बालिकाकी आमाले दोस्रो विवाह गरेपछि उनी हजुरआमासँग बस्दै आएकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्