संसदीय दलको नेताका लागि गुटमा सहमति खोज्न शेखर-गगन समूहको भेला

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला र गगनकुमार थापासमूहको बैठक काठमाडौंमा बसेको छ । संसदीय दलको नेता चयनका लागि कांग्रेस निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेसँगै आफ्नो समूहबाट उम्मेदवार चयन गर्न लैनचौरस्थित एक होटलमा शेखर पक्षीय नेताहरू जुटेका हुन् ।

संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले उम्मेदवारको दाबी गर्दै आउनुभएकाे छ । नेता कोइराला पनि संसदीय दलको नेताका लागि इच्छुक देखिनु भएकाे छ ।

१४औं महाधिवेशनमा शेखर नेतृत्वको टिमबाट उम्मेदवार भई निर्वाचित भएका कांग्रेसका पदाधिकारी तथा केही केन्द्रीय सदस्य आजको भेलामा सहभागी छन् ।

संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाले नै संसदीय दलको नेताका लागि तयारी थाल्नुभएकाे छ । नेता रामचन्द्र पौडेल पनि संसदीय दल नेतामा इच्छुक देखिनुभएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्