काठमाडौं, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने वा नजाने भन्ने बिषयमा पार्टीभित्र छलफल सुरु भएको बताउनुभएको छ ।
सोमबार निर्वाचन आयोगले गरेको जलपान समारोहपछि सञ्चारकर्मीसंग कुरा गर्दै राष्ट्रपतिले सरकार गठनको आह्वान गरेसंगै आफ्नो पार्टीभित्र पनि सरकारमा जाने वा नजाने भन्ने बिषयमा छलफल सुरु भएको बताउनुभएको हो ।
अहिलेसम्मको अभ्यास सरकारमा दल जाने कि नजाने रहेको भन्दै उहाले आफ्नो पार्टीले भने एजेण्डालाई सरकारमा लाने बताउनुभयो । उहाले जनतासंग गरेका प्रतिवद्धता र एजेण्डा पुरा गर्ने प्रतिवद्धता भयो भने परिवेश वेग्लै भएपनि सरकारमा जानका लागि मात्रै जानुको कुनै औचित्य नभएको धारणा राख्नुभयो । उहाले पार्टीले आफुलाई दलको नेतामा चयन गरेको पनि जानकारी दिनुभयो । लामिछाने पार्टीका कुनै सदस्यहरुलाई बोल्न बन्देज नलगाइएको बताउनुभयो ।











