आज पनि सुनचाँदीको भाउ बढेको छ ।
यसअघि निरन्तर घटिरहेको सुनचाँदीको भाउ हिजो सोमबारदेखि फेरि बढ्न थालेको हो । आज सुन तोलामा ५०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ हिजो ४ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ ।
हिजो तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको ३ हजार १४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।










