जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्यु

खबर बुक
  • ख-
  • ख
  • ख+

२६ कात्तिक, जनकपुरधाम । जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो करिब साढे ४ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा टिपरले स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक युवकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका २० वर्षीय नवीन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार पिडारी चोकबाट रत्नसागर तर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटीलाई सोही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले ठक्कर दिएको हो ।

दुर्घटनापछि प्रहरीले स्कुटी, टिपर र टिपर चालक महोत्तरीको भंगहा नगरपालिका–७ सितापुर निवासी २२ वर्षीय सचिनकुमार सिंहलाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्