डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । बिहीबार बिहान डिल्लीबजार कारागारबाट उनी रिहा भएका हुन् ।

ज्येष्ठ नागरिकको सुविधा पाएर ६५ वर्ष उमेर पूरा भएसँगै रायमाझी रिहा भएका हुन् । उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो । रायमाझीको निवेदनका आधारमा अदालतले रायमाझीलाई ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्नु भन्दै संशोधित कैदीपुर्जी अदालतमा पठाएको थियो ।

तिहारअघि नै प्राप्त संशोधित कैदीपुर्जीका आधारमा रायमाझीलाई थुनामुक्त गरिएको कारागार कार्यालय डिल्लीबजारका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

डिल्लीबजारका जेलर बाबुराम अर्यालले पनि रायमाझीलाई बिहीबार रिहा गर्न भनेर तिहारअघि नै अदालतबाट पत्र प्राप्त भएको बताएका छन् । उनले भने, ‘संशोधित कैदीपुर्जीअनुसार आज उहाँको छुट्नुपर्ने दिन हो ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी २०८० वैशाख २० मा पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले उनलाई २०८३ असार ३० मा चार वर्ष कैद सजाय हुने फैसला गरेको थियो । ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्था छ । रायमाझीले सो सुविधा पाएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्