बुबाको स्वास्थ्यमा सुधार आएपछि छातीमा ९ कलश राखेर युवतीले सुरु गरिन् कठिन तपस्या

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ ।  २६ असोज । भारतको बिहारस्थित समस्तीपुर जिल्लामा बुबाको स्वास्थ्यमा सुधार आएपछि एक युवतीले छातीमा ९ वटा कलश राखेर शारदीय नवरात्रको कठिन तपस्या सुरु गरेकी छन् ।

समस्तीपुर जिल्लाको वारिसनगर प्रखण्डअन्तर्गत पूर्णाही पञ्चायतको चारौँ गाउँस्थित पञ्चगामा दुर्गा मन्दिर परिसरमा आइतबारदेखि स्थानीय युवती मनीषाले छातीमा ९ वटा कलश राखेर तपस्या सुरु गरेकी हुन् ।

मनीषाले गत वर्ष आफ्ना बुबाको स्वास्थ्यमा सुधार ल्याइदिन माता दुर्गासँग प्रार्थना गर्दै संकल्प गरेकी थिइन् । बुबाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि उनले आफ्नो संकल्प पूरा गर्न नवरात्रको अवसर पारेर कठिन साधना सुरु गरेकी हुन् ।

मन्दिरका पुजारी ललित बाबा र समाजसेवी उपेन्द्र प्रसादका अनुसार चारौँ गाउँ निवासी प्रमोद सिंहकी छोरी मनीषा आफ्ना बुबाको गम्भीर बिरामी अवस्थालाई लिएर निकै चिन्तित थिइन् । बुबाको स्वास्थ्यमा सुधार नआएपछि उनले माता दुर्गाको आराधना गर्ने र आफ्नो मनोकामना पूरा भएमा कठिन तपस्या गर्ने संकल्प लिएकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्