काठमाडौं । दसैंको घटस्थापनादेखि पूर्णिमासम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।
यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले दसैंको समयमा यात्रुवाहक सवारीसाधनको चाप अत्यधिक हुने भएकाले ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
निर्णयअनुसार असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला सवारीसाधन चलाउन पाइने छैन।
तर, खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन गर्न पाउनेछन्।










