प्रतिनिधिसभा बैठक मर्यादित बनाउन सभामुख अर्यालको निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकलाई मर्यादित र व्यवस्थित बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्।

पछिल्ला बैठकमा सांसदहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेपछि सभामुख अर्यालले प्रतिनिधिसभाको गरिमा कायम राख्दै बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई आग्रह गरेका हुन्।

उनले हरेक दिनको प्रतिनिधिसभा बैठकलाई मर्यादित र उत्कृष्ट बनाउनु सबै सांसदको कर्तव्य र दायित्व भएको बताए।

प्रतिनिधिसभा नियमावली, २०८० सबै सदस्यहरूको पहलबाट लागू भएको स्मरण गराउँदै सभामुख अर्यालले सोही नियमावलीअनुसार सभा सञ्चालन भइरहेको बताए।

‘यसैअन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौँ। म सबै माननीय सदस्यहरूलाई प्रतिनिधिसभा नियमावलीको नियम २० र नियम २१, त्यसमा पनि नियम २० को खण्ड ‘ट’ प्रति यहाँहरूको ध्यानाकर्षण गराउँदछु,’ उनले भने।

सभामुखको निर्देशनसँगै मंगलबारको प्रतिनिधिसभा बैठक सकिएको छ। अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने जानकारी सभामुख अर्यालले

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्