१ असोज, काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतमा सुनुवाइ सकिएको छ। घटना भएको करिब ४ वर्षपछि जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासमा सुनुवाइ सकिएको हो।
बुधबार र आज बिहीबार लगातार बहस भएको थियो। जाहेरवाला चेतनका बुवा गगन अयडीका तर्फबाट सरकारी वकिलका साथै वरिष्ठ अधिवक्ता राजेन्द्र साउद, रामबहादुर खड्का, रामबहादुर रावल र वसन्त जोशीले बहस गरेका थिए।
अभियुक्तहरूका तर्फबाट जगत बमलगायतले बहस गरेका थिए।
यस मुद्दामा २४ जना प्रतिवादी छन्। यीमध्ये ७ जना मात्र थुनामा छन् । ११ जना विभिन्न तहका अदालतबाट धरौटी बुझाएर तारिखमा छुटेका छन् । ६ जना साधारण तारिखमा छन् ।
अभियुक्तमध्ये ६ जनालाई मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम जीवनभर (आजीवन) कैद गर्न र बाँकी १६ जनालाई दफा १७७ बमोजिम जन्मकैद (२५ वर्ष) सजाय गर्न अभियोगपत्रमा माग गरिएको छ ।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका बेला बाजुराको कैलाशमाडौँमा एमालेनिकट अनेरास्ववियुका नेता चेतनलाई एउटा समूहले घर घेरा हाली क्रूरतापूर्वक हत्या गरेको थियो।
यी हुन् २२ जना प्रतिवादी
थुनामा रहेका प्रतिवादीहरू
१. धनराज थापा
२. जंग भन्ने शेर बहादुर अयडी
३. खेमराज अयडी
४. सागर अयडी
५. लोकेश अयडी
६. जीवन अयडी
७. पदम अयडी
धरौटी तारिखमा रहेका प्रतिवादीहरूः
१. मंगल भन्ने मदन बहादुर अयडी
२. निरज बहादुर अयडीः
३. नर बहादुर अयडी
४. उद्धव बहादुर अयडी
५. रतन बहादुर अयडीः
६. अनिता रौले अयडी
७. मोहन बहादुर अयडी
८. नवीन बहादुर अयडी
९. ईश्वरी देवी अयडी
१०. धनादेवी अयडी
११. नरेश बहादुर अयडी
साधारण तारिखमा रहेका प्रतिवादीहरू
१. भूपाल अयडी
२.चक्र अयडी
३. रुपा चौधरी अयडी
४. जुद्ध अयडी
५. रनसिंह बहादुर अयडी
६. विनोद अयडी










