हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

खबर बुक
  • ख-
  • ख+

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

सोमबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको छ। उनको पक्षमा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ प्रदेशसभा सदस्यले मतदान गरेका हुन्।

यस्तै, विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरेका थिए। कांग्रेसका २९ प्रदेशसभा सदस्य रहे पनि विपक्षमा २२ मत मात्र परेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सभामुखसहित ५ प्रदेशसभा सदस्यले भने मतदानमा भाग लिएनन्। जनता समाजवादी पार्टी (जसपा) की एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बू बैठकमा उपस्थित भइनन्।

कोशी प्रदेशसभामा कुल ९३ सदस्य रहेकामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य छन्। सोमबारको बैठकमा ८३ प्रदेशसभा सदस्य उपस्थित थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्