गरिमा चौधरीका आमाबुबाको भिडियो खिचिएकोप्रति रास्वपा महामन्त्रीको आपत्ति

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गरिमा चौधरीका आमाबुबाको भिडियो गृह मन्त्रालयमा खिचिएकोप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै आचार्यले मृतकका आमाबुबाको भिडियो मन्त्रालयमा खिच्ने र आरोपितले मेडिकल परीक्षणका क्रममा बोलेका कुरालाई सार्वजनिक गर्ने कार्यप्रति प्रश्न उठाएका हुन्।

‘गरिमा हत्याकाण्डका बारेमा धेरै बोलिनँ। तर हामी सबैले मनन गर्नुपर्ने कुरा के हो भने हामी कस्तो समाज बनाइरहेका छौँ ?’ उनले प्रश्न गरे।

उनले मृतकका बुबाआमाले धन्यवाद दिएको भिडियो गृह मन्त्रालयमै खिचेर सार्वजनिक गरिएको भन्दै यस्तो कार्य रोक्नुपर्ने बताए।

‘जहाँ मृतकको बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र मेडिकल गर्दै गर्दा एउटा आरोपितले बोलेका कुराहरूलाई सार्वजनिक रूपमा जनतामाझ राखिन्छ,’ उनले भने, ‘यस्तो समाज बन्द गरिनुपर्छ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्