उद्वव थापालाई राप्रपाले गर्‍यो कारबाही, पार्टी सदस्यबाटै निष्काशित

खबर बुक
  • ख-
  • ख+

४ भदौ, काठमाडौं । राप्रपाले बाग्मती प्रदेश सभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्काशन गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशन बमोजिम नचलेको भन्दै कारबाही गरेको जानकारी दिए। थापाले एमाले‍ र नेकपाको सरकारलाई समर्थन गरेका थिए।

उनको समर्थनलाई अस्वीकार् गर्दै राप्रपाले समर्थन फिर्ता लिन आग्रह गरेको थियो। तर उक्त आग्रह नमानेको उल्लेख गर्दै राप्रपाले कार्बाही गरेको हो।
‘उद्वव थापालाई साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट कारबाही गरिएको छ’ लिङदेनले भने।

अहिले संसदीय दलको नेतालाई कार्बाही गरेको अब सरकारमा सहभागी हुने अन्यलाई पनि कार्बाही गर्ने अध्यक्ष लिङदेनले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्