दुर्गेश थापा र प्रियंका कार्कीको मास्टर्नी चलचित्रको प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन परेको छ ।
शुक्रबार एक शिक्षकले उक्त गीतलाई प्रतिबन्ध लगाउन माग गर्दै लिखितै निवेदन दिएका हुन् ।
निवेदन दिने शिक्षक तनहुँको ब्यास नगरपालिका– ११ को बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराई छन् ।
निवेदनमा दुर्गेश थापाको मास्टर्नी नामक चलचित्रमा ‘ताराबाजी लैलै’ नामको गीतमा समग्र शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुनेगरी अमर्यादित र संस्कृति भड्काउने खालको शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको छ ।
यस्तो छ उजुरी :











