मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट

खबर बुक
  • ख-
  • ख+

मङ्गलबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा लगानीकर्ताले खासै कुनै परिवर्तन र बजारलाई टेवा पुग्ने नीति नदेखेपछि बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ ।

मौद्रिक नीतिपछि नेप्से परिसूचक बढ्ने अपेक्षा थियो। तर त्यसो नभई नेप्से बुधवार ३०.०९ अङ्क घटेर २ हजार ६२१.५९ विन्दुमा झरेको छ । त्यस्तैसेन्सेटिभ इण्डेक्स ३.९३ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.०६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४२ अङ्कले घटेको छ।

आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । कारोबारमा आएका ३६२ कम्पनीको ८४ लाख ६३ हजार कित्ता सेयर ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । हिजाे ४ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अङ्क बढेको छ ।

केही कम्पनीको सेयर ६ प्रतिशतले वृद्धि भएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १३.४१ प्रतिशत घटेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्