पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट आज प्रस्तुत गर्दैछ । बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको पोखराले आज बजेट प्रस्तुत गर्न लागेको हो ।
आगामी वर्षका लागि ७ अर्ब १५ करोड भन्दा बढीको बजेट ल्याउने तयारी छ । तर, केहीले ७ अर्ब ५० करोडको बजेट आउने पनि बताएका छन् । जे होस्, गत वर्षभन्दा कम आकारको बजेट ल्याउन लागेको हो ।
चालू वर्षका लागि प्रस्तुत बजेटबाट आन्तरिक आम्दानी प्रक्षेपण अनुसार नभएपछि महानगर दबाबमा छ । आगामी वर्षका लागि ५० करोड भन्दा बढी दायित्व सर्ने बताइएको छ ।
अहिले निर्माण व्यवसायी र उपभोक्ता समितिले वडा कार्यालय र महानगरमा बुझाएको विलको भुक्तानी रोकिएको छ । भुक्तानी हुन नसकेका योजनालाई आगामी वर्ष नयाँ योजना सरह सारेर भुक्तानी गरिने प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले जानकारी दिए ।










