कांग्रेसको प्रतिक्रिया- आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल आउँदैन

खबर बुक
  • ख-
  • ख+

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट वितरणमुखी भएको टिप्पणी गरेको छ।

बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कांग्रेसका सचेतक निश्कल राईले सरकारको खर्च गर्ने क्षमता कमजोर रहेकाले बजेटको आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल नआउने बताए।उनले भने, ‘उत्पादनशील क्षेत्रमा पर्याप्त ध्यान नदिइए बजेट प्रभावकारी हुन सक्दैन।

राष्ट्रको खर्च गर्ने क्षमता कति छ भन्ने कुरा सबैलाई थाहा छ। बजेटको आकार मात्रै ठूलो बनाएर उत्पादनशील क्षेत्रमा अघि बढ्न नसके राम्रो प्रतिफल आउँदैन।’

यसपटकको बजेट विगतकै निरन्तरता जस्तो देखिएको प्रतिक्रिया दिए। यद्यपि कर प्रणाली र कर व्यवस्थापनमा केही परिवर्तन गर्न खोजिएको भन्दै त्यसलाई सकारात्मक पक्षका रूपमा टिप्पणी गरे। सरकारले अनौपचारिक अर्थतन्त्रलाई समेट्ने प्रयास गरेको छ र त्यसतर्फ केही जोड दिन खोजिएको देखिएको बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्