सुनको मूल्य तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख+

२९,वैशाख काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज ४ हजार ४ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज ३ सय ५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्