सुनको भाउ तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ चैत । आज नेपाली बजारमा सुनको भाउ तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८७५ रुपैयाँमा झरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्