सुन तोलामा ७ हजार ४०० सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौँ, १८ चैत । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा सात हजार ४०० र चाँदी १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको भाउ तोलामा दुई लाख ९७ हजार ६०० र चाँदीको चार हजार ९४५ रुपैयाँ पुगेको छ ।

यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ९० हजार २०० र चाँदी तोलाको चार हजार ८४५ रुपैयाँ थियो । हिजो पनि सुनचाँदीको भाउ बढेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्