काठमाण्डौं, ११ चैत । नेपाली बजारमा आज सुनको भाउ एकैदिन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको छ । भाउ बढेर आज सुन तोलाको दुई लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ४१५ रुपैयाँले बढेको हो ।
हिजो चाँदी तोलाको चार हजार ५०५ रुपैयाँ रहेकोमा आज चार हजार ९२० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।











