६ दलका लागि सिट सङ्ख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ९ चैत । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूका लागि सिट सङ्ख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन गरेको छ ।

सिंहदरबारमा नयाँ संसद् निर्माणको कार्य सम्पन्न नभएकाले हालकै संसद् सचिवालय परिसरमा रहेको संरचनामा नै दलको कार्यालय व्यवस्थापन गरिएको हो ।
निर्वाचनपछि संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको सिट सङ्ख्या फेरबदल भयसँगै त्यही अनुसार दलको कार्यालय व्यवस्था गरिएको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

संसद् सचिवालयले कांग्रेस र एमालेलाई साबिककै संसदीय दलको कार्यालयमा व्यवस्थापन गरेको छ भने यसअघि नेकपाले प्रयोग गर्दै आएको दलको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपलब्ध गराइएको छ ।

त्यस्तै यसअघि रास्वपाले प्रयोग गर्दै आएको कार्यालयमा नेकपा, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई व्यवस्थापन गरिएको प्रवक्ता गिरीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्