काठमाण्डौं, ९ चैत । अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको आचार्यका छोरा शिखरले जानकारी दिए। आचार्यको शव अहिले चाबहिलमा रहेको ओम नर्सिङ होममा राखिएको र भोलि दाहसंस्कार गरिने छ ,
गएको मङ्गलवार स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि मेडिकेयर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनलाई मस्तिष्कघातको उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो ।
आचार्यको छोरी अचला अमेरिकाबाट भोलि बिहान काठमाण्डौ आइपुग्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।











