यस वर्ष वन डढेलोको घटना कम हुन्छः मन्त्रालय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ चैत । यस वर्ष वन ठढेलोको घटना अघिलो वर्षको तुलनामा कम रहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले चालु आ।र्थिक वर्षमा वन बढेलोको घटना हुने सम्भावना कम रहेको बताएका हुन ।

आज काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धि कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन्। सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको पनि स्पष्ट पारे।

हिउँदे वर्षातले वनमा रहेका पातपतिंगरहरु कुहिने भएकाले पनि प्राकृतिक रुपमा पनि वनमा डढेलो लाग्ने सम्भावना कम देखिएको उनको तर्क थियो। सचिव शर्माले आगलागीको आकस्मिक घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न चनाखो भएर लाग्नुपर्ने अवस्था रहेको समेत बताए।

सचिव शर्माले वन डढेलोका सम्बन्धिमा विस्तृत रुपमा जनचेतना फैल्याउन पनि यस क्षेत्रमा धेरै अनुसन्धानको काम आवश्यक रहेको पनि बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्