आज सेयर बजार आज समान्य अंकले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ चैत। आज सेयर बजार ४.४५ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २८२४ अंकमा कायम भएको छ । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । कारोबार रकम केही दिनयता नै उल्लेख्य छ । अघिल्लो दिन १४ अर्ब ५५ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३२ करोडको भयो ।

१२४ कम्पनीको मूल्य बढ्दा १३० को घट्यो भने ९ को स्थिर रह्यो । आज व्यापार समूह सबैभन्दा धेरै २।८३ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.७४, फाइनान्स ०.२२, हाइड्रोपावर ०.०६, उत्पादन तथा प्रशोधन ०.१२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१६, अन्य ०.०३ प्रतिशत बढे ।

लगानी ०।५४, होटल तथा पर्यटन ०.६२ र जीवन बीमा ०.४६ प्रतिशत घटे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन छन् । सोलु हाइड्रोपावर आजैबाट दोस्रो बजारमा कारोबारमा आएको हो । ग्रिनलाइफ हाइडोपावरको ९.५३, अभियान लघुवित्तको ५.३१ प्रतिशत मूल्य बढ्यो ।

दरामखोला हाइड्रो इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । खानीखोला हाइड्रोपावरको ५.१८, थ्रीस्टार हाइड्रोपावरको ३.३५, हिमस्टार ऊर्जाको ३.३० प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ग्रिनलाइफ हाइड्रोपावर, रिडी पावर, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र राधि विद्युत् छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्