काठमाण्डौं, २४ फागुन । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको हो । आज सुनको भाउ तोलाको तीन लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदी आज तोलामा ३० रुपैयाँले बढेर तोलाको ५ हजार ४ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।











