शेयर बजार सोमबार सामान्य बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ११ फागुन । लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ४१ अङ्कले बढेर २ हजार ६ सय १६ दशमलव ९७ विन्दुमा पुगेको छ ।

आज बैंक, विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय १३ वटा कम्पनीको शेयर घटेकोमा १ सय ४० वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज सालपा विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन एनआईबीएल समृद्धि फन्डको शेयर सबैभन्दा धेरै ४ दशमलव ८१ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका १ करोड २६ लाख कित्ता शेयर ५ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्