सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ३ लाख ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ रहेको सुन आज १ हजार ५ सय रुपैयाँले घटेको हो ।

सुनको मूल्य प्रतिदस ग्राम २ लाख ५७ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य प्रतिदस ग्राम ४ हजार १ सय ८४ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन ४ हजार १ सय ८८ रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्