घण्टी बजाएर हुनेवाला केही छैनः प्रचण्ड – क्यापिटल नेपाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १३ ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोसल मिडिया स्टन्टबाज गरेर केही नहुने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा बोल्दै उनले पार्टीमा विचार र सिद्धान्तको खडेरी भएकाले निर्वाचनको बेला सोसल मिडियामा स्टन्टबाज गर्नेबाहेक अरु केही गर्न नसकेको बताए।

उनले भने, ‘घण्टी बजाएर मात्रै हुनेवाला केही छैन। अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टबाज गरेको भरमा जनताको दिमाग चाट्ने जो काम भइराखेको छ। यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सकिन्छ।’

सबै वामपन्थी शक्तिहरू एकताबद्ध भएर अघि बढे मात्रै मुलुक र जनताको हित हुने उनको भनाइ थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्