काठमाण्डौं, १३ माघ । नेपाली बजारमा सुनचाँदीको भाउ लगातार बढ्ने क्रममा छ । आज सुनचाँदीको भाउ बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउले पनि र्कीतिमान बनाएको छ । चाँदी आज तोलामा ९५ रुपैयाँले बढेर तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।











